अबको तीन दिन वर्षाको सम्भावना

51

काठमाडौं । देशका अधिकांश भू-भागमा अबको तीन दिन वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार २ कात्तिक देखि ४ कात्तिकसम्म देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा र मध्य भारतमा रहेको न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । उत्तरतिर सर्दै गरेको न्युन चापीय प्रणालीहरुका कारण नेपालमा वर्षा भएको छ ।

प्रदेश १, २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुका साथै बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here