मृत अवस्थामा फेला

54

काठमाडौं । गुल्मी, दरबार गाउँपालिका-४ वीरबास बस्ने ५१ वर्षीय पुनाराम बिक आफ्नै घरनजिक खालीघरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बाँकेका कोहलपुर नगरपालिका-१२ चप्परगौडीस्थित बजारको ढल निकास हुने कलबटभित्र हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

भोजपुरकाे साल्पासिलिछो गाउँपालिका-६ ढाडेगाउँ बस्ने ६७ वर्षीय खड्ग बहादुर राई सोही ठाउँस्थित छुम्लुङ खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार भकिम्लो टिप्न जाने भनि घरबाट निस्किएका उनी फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त खोलामा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here