आहा रारा गोल्डकप २०औं संस्करण आजबाट सुरु

159

काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण आज (बिहीबार)बाट सुरु हुँदैछ ।

आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगितामा खोपकार्ड अनिवार्य गर्नुका साथै पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।विजेता टिमले नगद रुँ १० लाख १ हजार प्राप्त गर्नेछ ।यस्तै, उपविजेता टोलीले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here