तीन लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाए

71

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा पाँच हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ८२० जनामा सङ्क्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार कुल १६ हजार ८८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर पाँच हजार २९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ हजार १९१ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुने दर ९०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७४३ पुगेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७९ हजार २७२ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here