आज सुनचाँदीको मूल्य घट्यो

45
www.swaviman.com

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। शुक्रबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको हो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। शुक्रबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here