जापान जानलागेकी युवतीको व्यागमा एक राउण्ड गोली

46

काठमाडौं । जापान जान लागेकी एक युवती एक राउण्ड गोलीसहित पक्राउ परेकी छन् ।नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया सोविता नेपाली पक्राउ परेकी हुन् ।

जापान जान लागकी उनको जाँच गर्ने क्रममा व्यागमा रहेको सानो पर्समा एक राउण्ड गोली फेला परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ ।

युवतीले के कारणले गोली बोकेर हिँडेकी थिइन् भन्ने बारेमा प्रहरीले खुलाउन सकेको छैन । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here