न्यू इयर इभका दिन फोनपे मार्फत भुक्तानी गर्नेलाई विशेष अफर

73

काठमाडाैं । भुक्तानी प्रणाली सञ्चालक फोनने पेमेन्ट सर्भिसले आज, चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्वजनिक गरेको छ।

अफर अन्तर्गत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट ९व्यवसायी० गरी २० जनाले आकर्षक अफर प्राप्त गर्नेछन्।

यसअफर अन्तर्गत फोनपे मार्फत कारोबार गर्नेमध्ये भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले  हेलिकप्टर मार्फत सगरमाथा हिमाल घुम्न पाउने छन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ।

फोनपेले डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्वजनिक गरेको हो। यो योजनामा चैत २९ गते राति १२ बजेदेखि चैत ३० गते राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन्। विजेता गोला प्रथा मार्फत घोषणा गरिने कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेका छन्। सोही दिन एनआइसी एशिया बैंक, ई(सेवा, लक्ष्मी बैंक, एनएमबी बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आइएमई पे, खल्ती, प्रभुपे मार्फत क्यूआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिनेछ।

यसैगरी भोज डिल,फुडमान्डु ,सेल्सबेरी, डेली ग्रोसरी, खानपिन लगायतका ठाउँमा क्युआर भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ। फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्युआर मार्फत भुक्तानी गर्न सकिन्छ।

फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here