टिकटकमा ‘म्यादी हुँ’ भन्दै भाइरल बनेका किशोर पक्राउ

125
रूपन्देही ।   ‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन्।

कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार पक्राउ परेका किशोर म्यादी प्रहरी होइनन्। तर उनका फूपूका छोरा, दाई नाता पर्ने १९ वर्षीय पूरण भट्टराईको हो।

उनी नभएको बेलामा ती किशोरले म्यादी प्रहरीको पोशाक लगाएर दुरूपयोग गरेको प्रहरी नायब उपरीक्षक शाहले बताए।

‘म्यादी प्रहरीको पोशाक दुरूपयोग गरेको हुँदा हामीले दुबै जनालाई पक्राउ गरेका छौं,’ उनले भने, ‘टिकटकमा भिडिओ भाइरल बनेपछि हामीले खोजेर पक्राउ गरेका हौं।’

उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरेको हो। बुधबार उनीहरूमाथि अनुसन्धान गर्न म्याद थप्न जिल्ला प्रशासन कार्यालय लगेको छ।

केही दिन अघि उनले पोशाक लगाएर सेल्फी भिडिओ खिचेर सामाजिक सञ्जालमा राखेका थिए।

उनले भनेका छन्,‘सागर बसन्ते किस्नेहरू अब नडरा! किन डराछस्। अब तेरो दाई मिदी भइसक्या छ नी त।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here