सागकी नेपाली भारोत्तोलन खेलाडी सञ्जु चौधरीको निधन

142

काठमाण्डौं । १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) की नेपाली भारोत्तोलन खेलाडी सञ्जु चौधरीको निधन भएको छ ।

सञ्जुले सोमबार राति आत्महत्या गरेको बताइएको छ । उनले भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको ललितपुर लुभुमा रहेको घरमा आत्महत्या गरेको बताइएको छ ।

नेपालगंजकी सञ्जुले सन् २०१९ मा नेपालमै भएको १३औं सागमा स्वर्ण दिक जितेकी थिइन् । उनी दक्षिण एशियाली प्रतियोगितामा भारोत्तोलनतर्फ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

उनी हाल चिनको ह्वाङ्गझाउमा हुने एशियन गेम्सको तयारीमा ब्यस्त रहेकी थिइन् । उनले अचानक आत्महत्या गरेको उनी निकट परिवार स्रोतले जनाएको छ ।

सञ्जुले २०७३ मा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट भारोत्तोलनमा प्रवेश गरेकी हुन् । त्यसअघि सञ्जुले एथ्लेटिक्स् र क्रिकेटको क्षेत्रीय स्तरको प्रतियोगिता खेलेकी थिइन् ।

उनदे २०७४ मा भएको राखेप च्याम्पियनसिपमा पहिलो पटक भारोत्तोलनको राष्ट्रिय स्तरमा स्वर्ण जितेकी थिइन् । । यस्तै उनले २०१७ मा कोरियामा भएको एशिया कप तथा इन्टर क्लब च्याम्पियनसिपमा ३ रजत र ३ कास्य पदक समेत हात पारेकी छिन् ।

यसबाहेक उनले चार वर्षअघि जाकर्तामा भएको १८ औं एशियन गेम्समा पनि सहभागिता जनाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here