इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुल्ने

156

काठमाडाैं । बिहीबार अर्थात् भोलिबाट नेपाल इन्भेष्टमेन्ट बैंकको आधारभुत बाहेक अन्य साधारण सेयरधनीहरूको सेयर कारोबार खुल्ने भएको छ। नेप्सेमा बैंकले पेश गरेको पत्रमा राष्ट्र बैंकले सेयर खुला गर्न निर्देशन दिएको हो।

हिमालय बैंकसँग मर्जर गर्न लागेका कारण २०७८ वैशाख ३० गतेमा अन्तिम पटक बैंकको कारोबार भएको थियो। सो समय बैंकको सेयर ४ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

राष्ट्र बैंककै पहलमा हुन लागेको मर्जरमा हिमालयन बैंकका सञ्चालकहरूले साथ दिएका थिएनन्। हालसम्म नेप्सेमा हिमालयन बैंकको सेयर खोल्न कुनै पत्राचार नभएको नेप्सेले बताएको छ। हिमालय बैंकको पनि ३० वैशाखदेखि नै कारोबार बन्द छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here