गठबन्धन सरकारको नागरिकता नीतिलाई खबरदारी

53
काठमाण्डौ / लोक नारायण सुबेदी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सचिवालयको बैठक २०७९ जेठ ५ गतेदेखि ८ गतेसम्म काठमाण्डौमा सम्पन्न भएको छ । पार्टीका अध्यक्ष क. लोकनारायण सुवेदीको अध्यक्षतामा चलेको बैठकमा उपाध्यक्ष क. भिमप्रसाद सेढाईं, महासचिव क. शरणविक्रम मल्ल, सचिवद्वय क. डा. महेन्द्र जोशी र क. रामदुलार महतो, कोषाध्यक्ष क. सीता सुवेदी एवं सचिवालय सदस्यहरू क. बद्रीनाथ अधिकारी, क. नरेन्द्र बहादुर तण्डुकार र क. चन्द्रदेव रामको उपस्थिति रहेको थियो । अपर्झट उत्पन्न समस्याले गर्दा बैठकमा सचिवालय सदस्यद्वय क. भिमकुमार बान्तवा र क. भूमि ढुंगाना उपस्थित हुन नसकेको जानकारी गराइएको थियो । बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमाथि ब्यापक छलफल गर्दै महत्वपूर्ण प्रस्थाव पारित गर्नुका साथै पार्टीको संगठनात्मक कार्य योजना र कार्यविभाजन तथा जनवर्गीय संगठनको पुनर्गठन पनि गरेको छ । बैठकबाट पारित मुल प्रस्तावहरू यस प्रकार छन्:
अन्तर्राष्ट्रिय प्रस्तावहरु
१. रुसी सार्वभौमिकतामाथि गम्भीर सुरक्षा खतरा उत्पन्न हुने गरी अमेरिकी साम्राज्यवाद नेतृत्वको नाटो विस्तारका कारणले उत्पन्न गरिएको रुस–यूक्रेन द्वन्द्व अनन्तसम चलाउने र घातक हात हतियार बिक्री बढाउने तथा शक्ति राष्ट्रहरुको प्रभुत्व जमाउने जुन स्थिति देखिएको छ त्यो मानवद्वेषी र निन्दनीय छ । यस युद्धको असर विश्वव्यापीरुपमा परिरहेको र बढ्दै गएकोले  यस प्रकारका युद्धकारी गतिविधि तुरुन्त रोकेर जिम्मेवारीपूर्ण वार्ताद्वारा समस्याको समाधान तत्काल खोजी गर्न र कमजोर राष्ट्रहरुमाथि सबै खालका दख्खल हस्तक्षेप रोक्न तथा तिनको सार्वभौमिकताको सम्मान गर्न नेपाल कम्युनिष्ट पार्टी सचिवालयको बैठक जोडदार माग गर्दछ ।
२. श्रीलंकाको समस्या मूलत गलत आन्तरिक अर्थनीति र पर निर्भर तुल्याउने साम्राज्यवादी उदारवादमाथि भर पर्दाका कारण उत्पन्न भएको देखिन्छ । यसरी चल्दासम्म सत्तामा जो आए पनि यस्ता नीतिको अनुशरणले अभूतपूर्व आर्थिक संकट उत्पन्न हुने र त्यसबाट फेरि पनि जनजीवन अत्यन्तै कष्टकर बन्ने तथा राजनीतिक अस्थिरता उत्पन्न हुने कुरा नै दोहोरिने छ । अतः जनताका समस्या हल गर्ने सही  र आत्मनिभर्नर राष्ट्रिय अर्थनीतिको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन गर्न तथा कर्पोरेट वित्तीय पूँजीको शोषणबाट आक्रान्त हुने साम्राज्यवादी उदारवादको शिकार हुनबाट कुनै पनि देश जोगिन आवश्यक रहेको नेपाल कम्युनिष्ट पार्टी आफ्नो दृष्टिकोण प्रष्ट पार्दछ ।
३. प्रकृतिको जथाभावी अति नाफा केन्द्रित र मानवद्वेषी दोहन गर्ने विकास मोडेलले गर्दा आज विश्वव्यापीरुपमा गम्भीर पर्यावरण असन्तुलन उत्पन्न भएको छ । अनेक रोगब्याधी, जलवायु परिबर्तन, बढ्दो प्रदुषण तथा प्राकृतिक प्रकोपहरु बढिरहेको कुरा आज विश्वका विज्ञ वैज्ञानिक र विश्लेषकहरुले औंल्याइरहेका छन् । अतः विश्वलाई नै ध्वस्त तुल्याउने यस्ता मानव र प्रकृति अमैत्री बिकास मोडेललाई त्यागेर प्रकृति र मानव–मैत्री बिकासको बाटो अबलम्बन गर्न र प्रकृतिलाई जोगाउने सार्थक पहल गर्न पनि यो बैठक बिश्वका सम्बध्द सबै सरोकारवाला देश, अर्थ–सामाजिक संघ, संस्थाहरूसँग बिशेष आग्रह गर्दछ ।
राष्ट्रिय स्वाधीनता सम्बन्धि प्रस्तावहरू

१. एमसीसी जस्तो राष्ट्रघाती र जनघाती सम्झौता संसदबाट अनुमोदन गरिनु नेपाली जनता, नेपालको सार्वभौमिकता, संविधान, स्वाभिमान तथा साम्राज्यवाद विरोधी नेपाली जनताको संघर्षशील असल परम्परा र भूमिका विपरीत छ । यस सम्झौताको अनुमोदनले नेपालको असंलग्न परराष्ट्र नीतिमा पनि गम्भीर विचलन ल्याएको छ र वर्तमान सरकार यूक्रेन मामिलामा अमेरिकी साम्राज्यवादको शिविरमा खडा हुन पगेको छ । यसको नेपाल कम्युनिष्ट पार्टी तीब्र निन्दा र भत्सर्ना गर्दछ । यस स्थितिमा संसदबाट यस सम्झौताको खारेजी गर्न बैठक पुनः जोडदार माग गर्दछ र नेपाली जनतासँग यस राष्ट्रघाती सम्झौताको बिरूध्द, यसको खारेजीको निम्ति  सशक्त आवाज उठान र संघर्षशील रहन अनुरोध गर्दछ ।
२. भारतीय पक्षले लामो समयदेखि गर्दै गरेको नेपालको सीमा अतिक्रमण र भूमि कब्जाका बिरूध्द जोडदार बिरोध र खबरदारी गर्दै नेपालको अतिक्रमित भूमि फिर्ता गर्न पुनः जोडदार माग गर्दछ र ऐतिहासिक तथ्य प्रमाण, बैज्ञानिक आधारमा सही किसिमले सीमा समस्या हल गर्न सरकारले अविलम्ब सार्थक पहल गरोस् भन्ने पुनः जोडदार माग गर्दछ । साथै नेपालको औपनिवेशिक दोहन गर्ने भारतको निरन्तर बढ्दो गतिबिधि र नेपालका सत्ताधारीहरूको आत्मसमर्णवादी प्रबृत्तिको जोडदार बिरोध गर्दै नेपालका श्रोत साधनहरू नेपाली जनताका हुन् तिनमाथि जथाभावी गरिने खेलबाड नेपाली जनताका लागि कदापि मान्य नहुने र त्यस्ता कृयाकलाप अस्वीकार्य हुने नेपाल कम्युनिष्ट पार्टी पुनः स्पष्ट पार्दछ ।
३. परनिर्भर र परमुखापेक्षी गलत अर्थनीति र अर्थतन्त्रले देश निरन्तर बिकासका सबै क्षेत्रमा कमजोर भएको र संकटमाथि संकट थपिँदै गएको अवस्था सर्वत्र देखिन्छ । खशगरी सस्तो श्रम (श्रम पलायन) र सस्तो कच्चा पदार्थ (अप्रशोधित प्राथमिक उत्पादनहरू) निर्यात गर्ने देशहरूमा यस्तो दुराबस्था निरन्तर देखिने गरेको छ ।  त्यसैले मूलतः आफ्नै श्रोतसाधनमा भर पर्ने, राष्ट्रिय पूँजीलाई प्रोत्साहन दिएर विकास गर्ने, रोजगारी पैदा गर्ने, औद्योगिक कृषि नीतिबाट कृषि र उद्योगलाई परस्पर जोड्ने र अति आवश्यक र नभइ नहुने क्षेत्रमा मात्र विदेशी पूँजीको उचित किसिमले उपयोग गर्ने राष्ट्रिय नीति तर्जुमा र कार्यान्वय गर्न र अबाञ्छित परनिर्भताबाट मुक्त हुन शतत क्रियाशील हुनुपर्ने कुरामा यो बैठक पुनः विशेष जोड दिन्छ ।
जनजीविका सम्वन्धि प्रस्ताव

१. नेपाललाई आत्म निर्भर बनाउन र देशको अर्थतन्त्रलाई सही दिशा दिनका लागि कृषि, किसान र राष्ट्रिय पूँजीका समस्या हल गरिनु पर्दछ । त्यसका लागि जमिन, कृषि उत्पादन, बजार, स्वामित्व र ब्यबस्थापनका  समस्या आम सर्ब साधारण किसानलाई  सामाजिक न्याय हुने गरी समाधान गरिनु पर्दछ । यसका लागि कृषि र बन जन्य उद्योगलाई उच्चतम प्राथमिकतामा राखेर यस आधारमा राष्ट्रिय पूँजीको अभिवृद्धि र पुनर्लगानीको ठोस र प्रभावकारी नीति बनाउन आम किसान र राष्ट्रिय पूँजीपति वर्गलाई जोड्न पर्दछ । यसले कृषि आयातलाई प्रतिस्थापन गर्दछ, कृषिमा आधारित उद्योगको बृध्दि गर्दछ, रोजगारी पैदा गर्दछ र विदेश पलायनलाई रोक्ने काम गर्दछ भन्ने कुरामा किसानलई सचेत र आन्दोलिन गर्ने र राज्यलाई दबाब दिने नीति तत्कालैदेखि अघि बढाउन पार्टीले उच्च प्राथमिकता दिने निर्णय लिएको छ । पार्टीका सबै इकाई र जनवर्गीय संगठनलाई आफ्ना वर्गीय मागका अतिरिक्त यस दिशामा कृयाशील र केन्द्रित तुल्याउन आवश्यक कदम चाल्नेछ  ।
२. सम्पूर्ण नागरिकको स्वास्थ्य र शिक्षामा राज्यको भूमिकालाई अनिवार्य र प्रभावकारी तुल्याउन आवश्यक आर्थिक नीति तर्जुमा, पूर्वाधार विकास र कार्यान्वय गराउनमा सरकारलाई गम्भीरतापूर्वक केन्द्रित गराउन यूवा विद्यार्थी र बुध्दिजीवीलाई सही किसिमले सचेत, सक्रिय र आन्दोलित तुल्याउन केन्द्रित हुने महत्वपूर्ण निर्णय पार्टीले लिएको छ ।
३. दैनिक उपभोगका खाद्यपदार्थ लगायत आधारभूत गुणस्तरीय वस्तुहरु सरल तरिकाले सुलभ मूल्यमा उपलब्ध गराउन र कालोबजारी, मूल्य बृद्धि गर्ने, लुकाएर राख्ने सबैमाथि कडा निगरानी राख्न र कारबाही गर्न स्थानीयदेखि केन्द्रिय सरकारसम्म सबै तहका सरकारहरु निरन्तर लागुन् र न्यून र कमजोर आय बर्गका आम जनतालाई राहत प्रदान गरुन् भन्ने् पार्टी जोडदार माग गर्दछ र यी सबै जनविरोधी कृयाकलापका विरूध्द पार्टी संघर्षशील रहन्छ र सम्पूर्ण जन समुदायलाइ यस्ता गलत शोषणकारी कृयाकलापका विरूध्द संघर्षमा उत्रिन आह्वान गर्दछ ।
४. माथिदेखि तलसम्म सर्वत्र ब्याप्त भ्रष्टाचार, कमिशनखोरी, कालाबजारी र सुदखोरीको अन्त्य गर्ने संघर्षको निम्ति जनचेतना फैलाउने र बिकृति र बिसंगतिहरू रोकेर जनताका बिचमा सेवा र बस्तु सुलभ तरीकाले पुग्ने, राष्ट्र र जनताको बजेट हिनामिना हुन नदिने र  सुशासनका लागि निरन्तर खबरदारी गर्ने र संघर्षशील रहने निर्णय बैठकले लिएको छ ।

विविध प्रस्तावहरू


१. देशमा बिभेदकारी निर्बाचन कानुन, अनियन्त्रित र असीमित निर्बाचन खर्चका कारण बढ्दो भ्रष्टाचार, सत्ताका लागि जस्तोसुकै अपबित्र साँठगाँठ जस्ता अनैतिक गतिबिधले गर्दा निर्बाचनको न्यूयतम मूल्य मान्यता पनि कायम रहेको छैन । यस प्रकारकारको स्थितिमा सार्बभौम मनिएका सर्बसाधारण जनता चुनावमा भोटर बाहेक स्वयं जनप्रतिनिधि बन्न सक्ने स्थिति छैन । त्यसैले यो चुनाव जनताद्वारा जनताका निम्ति जनताले शासन चलाउने चुनाव नभै जनताद्वारा पैसावालका निम्ति पैसावालले शासन चलाउने चुनावमा परिणत भएको छ । अतः जनतालई  चुनिने स्थितिबाट बिमुख र बञ्चित तुल्याउने परिपाटीको अन्त्य गर्न र चुनावमा अबैध सम्पत्तिलाई बैध बनाउने माध्यम बन्न नदिन र भ्रष्टार मौलाउने आधार खडा हुन नदिन बैठक जोडदार आवाज उठाउँदछ ।
२. अहिलेको स्थानीय चुनावमा सचेत जनसमुदायले मूलधारका मानिने ठूला दलहरूप्रति जुन विकर्षण र असन्तुष्टि देखाएका छन् त्यो स्वाभाविक छ । बितेका पाँच बर्षमा जुन राजनीतिक बितण्डा, राष्टघात र जनघातका गतिविधिहरू भए गरिए त्यसका विरूध्द बढ्दो असन्तोषको परिणाम पनि हो यो चुनाव नतिजा । चुनावले बैकल्पिक शक्तिको विकास हुनुपर्ने संकेत दिएको छ ।
३. देशमा सबै क्षेत्रका नगरिकता पाउन योग्यता पुगेका नेपाली रैथानेहरुले पाउन पर्ने नागरिकता नपाउने स्थिति कायम राख्ने र नागरिकता नपाउनु पर्नेलाई रातारात नागरिता प्रदान गर्ने राष्ट्रघाती र भ्रष्ट प्रबृत्तिले समस्या खडा गरेको छ । यसको छानबिन गर्न उच्च स्तरीय र अधिकार सम्पन्न छानबिन समिति गठन गरी नक्कली नागरिकताधारीहरुको नागरिकता रद्द गर्न र यसरी नागरिकता दिने जोसुकैलाई कडा दण्ड सजाय गर्न र नागरिकता  पाउनु पर्ने योग्यता पुगेका सबैलाई नियमपूर्वक सहज किसिमले नागरिकता प्रदान गर्न बैठक पुनः जोडदार माग गर्दछ । जन्मसिद्ध नागरिकता पाएका बाबु आमाका सन्तानलाई नागरिकता नदिने षडयन्त्रकारी र बिडम्बनायुक्त कृयाकलापको यो बैठक जोडदार बिरोध गर्दछ र त्यस्ता सबै नागरिकता पाउन योग्य सन्तानलाई बिना आलटाल सहज तरीकाले नियमपूर्वक नागरिकता प्रदान गर्न जोडदार माग गर्दछ ।
४. महिला र दलित लगायत उत्पीडनमा परेका सबैमाथिका सबै प्रकारका हत्या हिंसा हत्या र उत्पीडनका बिरूध्द नेपाल कम्युनिष्ट पार्टी निरन्तर सघर्षशील छ र सबैसँग संघर्षशील रहिरहन जोडदार अपिल गर्दछ ।
५. मोर्चा, सहकार्य र कार्यगत एकता सम्बन्धिः बैठकले देशको प्रतिकृयावादी सत्ता, भारतीय एकाधिकार पूँजीवाद र अमेरिकी साम्राज्यबादले नेपाल र नेपाली जनतामााथि गररहेको बर्गीय शोषाण र सामािजक उत्पीडन बिरूध्द रहेका निष्ठाबान, चिन्तन र चरित्र भएका बाम  शक्ति र पंक्तिसँग बर्ग मुक्ति र राष्ट्रमुक्तिको संघर्षमा कार्यगत, सहकार्यगत र मोर्चागत एकता गर्न सकिने नीति प्रष्ट पारेको छ ।
६. बैठकले सचिवालय, केन्द्रिय समिति तथा रष्ट्रिय परिषका सदस्यहरूको कार्य बिभाजन र लेभी निर्धारण तथा जनवर्गीय संगठनहरूको पुनर्गठन पनि  गरेको छ । पुनर्गठित अखिल नेपाल किसान यूनियनको इञ्चार्जमा क. भीमप्रसाद सेढाईं तथा अध्यक्ष क. रामदुलार महतो, अखिल नेपाल महिला यूनियनका संयोजकमा क. सीता सुवेदी,  अखिल नेपाल बिद्यार्थी यूनियनको संयोजकमा क. सन्देश भटराई, अखिल नेपाल बुद्धिजीवी यूनियनको संयोजकमा क. बद्रीनाथ अधिकारी र अखिल नेपाल श्रमिक यूनियनको संयोजकमा क. महेन्द्र जोशीलाई बैठकले तोकेको छ । त्यसरी नै लुम्बिनी प्रदेश इञ्चार्जमा शरण बिक्रम मल्ल,  प्रदेश नं. १ का झापा, इलाम, पाँचथर र ताप्लेजुङ लगायतका जिल्लाहरूको इञ्चार्जमा भूमि ढुंगाना, मोरङ, सुनसरी, उदयपुर, खोटाङ्ग, भोजपुरमा क. भीमकुमार बान्तवा, मधेश प्रदेशको इञ्चार्जमा रामदुलार महतो, बागमती प्रदेशको इञ्चार्जमा क. महेन्द्र जोशी, गण्डकी प्रदेश इञ्चार्जमा क. तेजबहादुर मल्ल, काठमाण्डौ जिल्ला इञ्चार्ज र राष्ट्रिय पूँजी संरक्षणा तथा सम्बृध्दि फाँट प्रमुखमा नरेन्द्रबहादुर तण्डुकारलाई जिम्मेवारी तोकिएको छ ।  बाँकी रिक्त रहेका प्रदेशहरू पार्टी केन्द्रिय कार्यालयले हेर्ने गरी बैठकले तोकेको छ । कतिपय ठाउँहरूमा इञ्चार्जहरूले परस्पर समन्वय गरेर एक अर्काका क्षेत्रमा काम गर्न सक्ने कुरा पनि बैठकले प्रष्ट पारेको छ ।
६. विश्वबिख्यात भियतनामी कम्युनिष्ट नेता कमरेड हो चि मिन्हको १३२औं जन्म जयन्तिको अवसर १९ मईका दिन शुरू भएर चलेको बैठकले काका हो प्रति हार्दिक श्रध्दासुमन ब्यक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here