अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा

132

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छिन् ।

गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here