काठमाडौं । लम्जुङ, उदयपुर र दाङमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
दाङको राप्ती गाउँपालिका–४ नारायण चोकमा लु.अ.अ.जे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीय वलु गिरी रहेका छन् । उनको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
लमजुङको मध्यनेपाल नगरपालिका–७ सितिखोलास्थित सडकमा बा.४ ख ७७८१ नम्बरको टिपर आइतबार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक धादिङ गजुरी गाउँपालिका–६ घर भएका २७ वर्षीय आकाश घिमिरे समेत ४ जना रहेका छन् ।