सङ्घीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु

203

काठमाडौं । नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनुहुने कार्यसूची तय भएको छ ।

सङ्घीय संसद् चिवालयका महासचिव भरतराज गौतमका अनुसार बिहीबार प्रधानमन्त्री देउवाले रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय योजना आयोगको कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।

त्यस्तै, जनार्दन शर्माले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि जवाफ दिनुहुने कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here