रसुवागढी हाइड्रोपावरले आईपीओ निष्कासन हुने

78

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले स्थानीयका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ बिक्री खुला गर्नेछ । यो आईपीओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र गोसाइँकुण्ड वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु (वडा नं. ३ बृद्धिम, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेसी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरु०ले  आवेदन दिन सक्नेछन् ।

बिक्री खुला गरिएको कुल १० प्रतिशत सेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र र सामान्य प्रभावित क्षेत्रका बासिन्दाका लागि क्रमशः ४.५ः१.५ः१ अनुपातमा बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७०० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ।

कम्पनीको यो आईपीओको निष्कासन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन १० गते बैंकिङ समयपछि हुनेछ । आईपीओ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here