कोरोना संक्रमित एकैदिन २ सय ३८ जना थपिए

55

काठमाडौं । नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन्।

२ हजार २ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय र २ हजार ८ सय ४० जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।  मन्त्रालयका अनुसार यो अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ पुगेको छ । गत २४ घण्टामा २ सय १८ जना संक्रमणमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here