नेपालमा हिजाे काेराेना संक्रमित ४ सय ३८ जना थपिदा २ जनाको मृत्यु

35
sharethis sharing buttonकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ६ सय ९९ परीक्षणमा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६९ हजार ७ सय ६५ रहेको छ ।

त्यस्तै, बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ६६ पुगेको छ ।

नेपालमा हाल ४ हजार ३ सय ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५८ हजार ५ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्इ मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here