काेराेना संक्रमित ७६० जना थपिदा एककाे निधन

47

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६९ पुगेको छ। बिहीबार ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ६०२ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर २ हजार ५८९ पीसीआर तथा ३ हजार ३३७ एन्टिजेन परीक्षण भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here