म्यान युले हार्दा खल्लो लाग्यो बेलायतमा : कमल थापा

123

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बेलायत भ्रमणको क्रममा इंग्लिस प्रिमियर लिग फुटबल प्रत्यक्ष हेरेका छन् ।

ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटन र म्यानचेस्टर युनाईटेडको खेल हेरेपछि फेसबुक मार्फत तस्बिर पोष्ट गर्दै उनले लेखेका छन् ‘ आज बेलायतको ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड र व्राईटनको खेल छोरी डा।प्रगतीसँगै प्रत्यक्ष हेर्ने शौभाग्य पाईयो। प्रत्यक्ष हेर्दा अत्यन्त रमाईलो हुन्छ। म्यान युले हार्दा भने साह्रै खल्लो भयो ।’

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड पहिलो खेलमै पराजित भएको छ ।ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here