२४औं समूहको हलुका सवारी चालक तालिम संचालन

62

काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक तालिम संचालन भएको छ ।

तालिमको सोही महाशाखाका प्रहरी उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका हुन् । सो अवसरमा प्रहरी उपरीक्षक कर्णले दक्ष हलुका सवारी चालक जनशक्ति उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षकहरुबाट दिईएको ज्ञान र सिपलाई अनुशासित भएर हासिल गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे।

कार्यक्रममा प्रहरी निरीक्षक ई. अन्जनराज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान ३० जना गरी जम्मा ३२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here