नेपाल स्टक एक्सचेन्ज असोजबाट शुक्रबार सेयर कारोबार बन्द

39
काठमाडौं ।  आगामी असोज महिनाबाट शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीले आगामी असोज महिनाबाट शुक्रबारका दिन सेयर कारोबार नहुने जानकारी गराएका छन् ।

अहिलेसम्म आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार भइरहेको छ । शुक्रबारका दिन भने २ घन्टामत्रै सेयर कारोबार हुने गरेको छ ।

यसअघि गत जेठमा सरकारले परीक्षणका रुपमा सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसपछि नेप्सेले पनि आइतबारबाट सेयर कारोबार बन्द गरेर शुक्रबार गर्ने निर्णय गरेको थियो ।

पछि चौतर्फी आलोचना भएपछि सरकारले साउनबाट आइताबर सार्वजनिक बिदा दिने निर्णय खारेज गर्यो । तर नेप्सेले भने शुक्रबारको कारोबार २ घन्टामा छोट्याउँदै नियन्तरता दिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here