बाल प्रतिभाकाे कदर गर्नु सबै नेपालीकाे दायित्व हाे !

82

– तीर्थमान महर्जन

नेपालीमा एउटा उखान छ हुने विरूवाकाे चिल्लाे पात, मानिस जन्मिना साथ काेही पनि कुनै पनि  क्षेत्रमा निपूर्ण हुँदैन मिहिनेतले नै मानिसलाइ सफल बनाइदिन्छ । नेपाली सांगितिक क्षेत्रका आकाशमा  ६ वर्षकै कलिलै उमेरमा नै गाएर आफ्नो प्रतिभा देखाउन थालेका शिरपा खड्गीले नेपाली र नेपाल भाषाका गीत गुण गुनाउन थालेको देखेर बुवा राजु खड्गीले आफ्नो छोरीलाई सांकेतिक यात्रालाई अगाडि बढाउन नेपाली गीत आमाको प्यारी छोरी गीत संगितकार शिव शाहीको शिव मिनी स्टुडियोमा लगेर स्वर परिक्षण गराई  गीत रेकर्ड गराएर सोही गीतको म्युजिक भिडियोमा समेत आफ्नो प्रतिभा प्रस्फुटन पनि गर्नु भयो र तत्कालै एकपछि अर्को गरी फेरी नेपाल भाषाको प्रथम गीत अज सलाःया अज कयाः उलेवाः भन्ने गीत पनि रेकर्ड गर्नुभयो ।

शिरपाको पारिवारिक यात्रामा आमा रविता, बुवा राजु  र दाजु राजन खड्गी हौसला दिनु भयो र सोही हौसलाले गर्दा नेपाली र नेपाल भाषाको गीत तीन दर्जन जति गीत रेकर्ड गराई सक्नुभएको छ भने हाल रेकर्डको सिलसिला पनि जारी नै छ भने तत्काल तीर्थमान महर्जनको रचना, माइकल शाहीको संगीत संयोजनमा एउटा नेपाली र्याप गीत रेकर्ड गर्ने जानकारी स्वयम् शिल्पाका बुवा राजु खड्गीले जानकारी दिनु भएको छ  ।  नेपाली र नेपाल भाषाको गीतमा संगितकारहरु शिव शाही, अनिल तुलाधर, पवित्र कसाः, गोविन्द ह्युमतको संगीतमा  अमित रत्न शाक्य, तीर्थमान महर्जन र अमन खड्गीको रचनामा  १०-१२ वटा जति गीतहरु रेकर्ड गर्न तयारी गर्दैछन् ।

हाल ११ वर्ष पुगेका कक्षा ६ न्यु जेनिथ इग्लिस मोडल स्कुलमा अध्ययनरत शिरपा खड्गी गीत रिकर्ड गर्नमा नै  व्यस्त रहेकीछिन् । बालगायिका शिल्पाका अनुसार उच्च अध्ययन विना काेहि मानिस सफल हासिल नहुने भएकाले आफ्नो पढाईलाई पनि निरन्तर रुपमा अगाडि बढाउने याेजना रहेकाे जनाउँदै सांगेतिक क्षेत्रमा एक सफल गायिका हुने अाफ्नाे उद्वेश्य रहेकाे जनाइन् । हुन् नेपालमा सांगितिक क्षेत्रमा नै लागेर जीवन चलाउन मुस्किल छ । न नत नेपालमा सांगीतिक क्षेत्रमा लागिरहेका नेपाली कलाकार तथा संगितकारहरूकाे भविष्य नै उज्वल छ ?  बाल प्रतिभाका धनी शिरपा खड्गीले बताउनु भएको छ भने उहाँको पारिवारले छोरीको उज्वल भविष्य र इच्छा आकाक्षालाई अगाडि वढाउन हर तरहले साथ र सहयोग गर्ने र छोरीको लागि कुनै कमि हुन नदिने बुवा राजु खड्गीले बताउनु भएको छ ।

हुन्त कलाकारहरू तथा गायक गायिकाहरू राष्टका गहना हुन् । यिनीहरूको सधैं सम्मान गर्नु पर्छ खासै सम्मान गरिएको देखिदैन । विदेशमा भए कलाकारहरु तथा गायन क्षेत्रमा लागेकाहरु सोही क्षेत्रमा लागेर जीवन चल्छ तर नेपालमा भने जीवन धाउनै मुस्किल रहेको छ । सरोकारवालाहरूले पनि बालप्रतिभालाई प्रस्फुटन गराउने विषयमा चासो देखाउन सकेमा नेपाली सांगीतिक क्षेत्रले विश्वबजारमै फड्को मार्ने निश्चित छ तसर्थ बालप्रतिभालाई प्रस्फुटन गराउने विषयमा सरकारले विशेष ध्यान दिएमा सुनमा सुगन्ध हुने निश्चत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here