साताको पहिलो कारोबार दिन नेप्सेमा ठूलो गिरावट

50

काठमाडौं   । साताको पहिलो कारोबार दिन नेप्सेमा ठूलो गिरावट आएको छ ।

नेप्से सूचकमा ११ अंकको मात्र गिरावट आएपनि कारोबारमा भने अनपेक्षित गिरावट आएको हो ।      नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११.४६ अंकले घटेर १९२६.२८ अंकमा झर्दा कारोबार रकम भने ७४ करोड ७२ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो ।

आज अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक १.५५ प्रतिशतले घटेको छ भने आज डेभलपमेन्ट बैंकको उपसूचक १.५३ प्रतिशतले, होटल तथा पर्यटन १.४१ प्रतिशतले, फाइनान्स १.३७ प्रतिशतले र इनभेष्टमेन्ट समूहको उपसूचक १.०८ प्रतिशतले घटेको छ ।    मैलुङ खोला जलविद्युत कम्पनीका सेयरधनीहरुले ४.५६ प्रतिशतले कमाएका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरुले ५.८२ प्रतिशतले गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here