आज नेप्से १३.५९ अंकले घटेर १ हजार ९ सय १२.६९ विन्दुमा बन्द

36

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से १३.५९ अंकले घटेर एक हजार ९ सय १२ दशमलब ६९ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ११.४७ अंकले घटेर एक हजार ९ सय २६ दशमलब २८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, शेयरबजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज नेप्सेमा ८२ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये २८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । युनाइटेड इदीमार्दी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता ५५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर सानिमा लार्ज क्याप फण्ड र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज ४ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here