सत्ता गठबन्धनले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श

70

काठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक र राष्ट्रपतिको कदमबारे कानुनविद्सँग परामर्श गर्दै छ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले गठबन्धनका शीर्ष नेताले केही समयमा दिउँसो ४ बजे बालुवाटारमा कानुनविद्सँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री देउवासहित, नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताको बुधबार बिहान बसेको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक रहेको निष्कर्ष निकालेको थियो।

संविधान बमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भएर दोस्रो पटक सिफारिस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्दछ। तर, राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने म्याद असोज ४ गते राति सकिएको छ।

यसै विषयमा गठबन्धनले कानुनविद्सँग परामर्श गर्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here