२४ घण्टामा ८१ जना कोरोना संक्रमण पुष्टि

46

काठमाडौं ।  पछिल्लाे २४ घण्टामा  थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराइएका ३४४७ नमूनामध्ये ८१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।  १०९७ नमूनाको पीसीआर  र २३५० नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको  थियो।

जसमध्ये पीसीआरबाट ३९ र एन्टिजेन विधिबाट ४२ गरी कूल ८१ जनामा संक्रमण देखिएको हो।  मन्त्रालयका अनुसार बुधबार थप १७५ जना कोरोनामुक्त भएका छन्।

आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ।  हाल कोरोना सक्रिय संक्रमितको संख्या १४८३ रहेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here