पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

50

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ६८७ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा २५ जना र एक हजार ३७१ एन्टीजेन परीक्षण गर्दा २० जनामा सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ७० जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । त्यस्तै, हाल मुलुकमा एक हजार ७७ जना सक्रिय सङ्क्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here