नेपाल बैंक र गोरखापत्रबीच सम्झौता

38

नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोबार, विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी विषयमा सहकार्य हुनेछ । उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्र संस्थानका उच्च व्यवस्थापनका पदाधिकारीहरू लगायत अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here