टेलिफोन प्रयोगकर्तामध्ये सबैभन्दा धेरै नेपाल टेलिकम

27

काठमाडाैं । नेपालको जनसंख्याभन्दा टेलिफोन प्रयोगकर्ता झण्डै दोब्बर पुगेको छ।

अघिल्लो आर्थिक वर्षसम्म ४ करोड १७ लाख टेलिफोन प्रयोगकर्ता पुगेका हुन्।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार टेलिफोन अपरेटिङमा ल्यान्डलाइन भने लोपोन्मुख हुने चरणमा पुगेको छ। मोबाइलले नेपालको मार्केट सेयरमा ९८ प्रतिशत हिस्सा ओगटेको छ।

८ लाख १४ हजार ल्यान्डलाइन प्रयोगकर्ता छन् भने ४ करोड ८८ लाख मोबाइल सिम प्रयोगकर्ता छन्।

टेलिफोन प्रयोगकर्तामध्ये सबैभन्दा धेरै नेपाल टेलिकमका छन्। नेपाल टेलिकमको २ करोड २५ लाख जनसंख्याले फोन प्रयोग गर्दै आएका छन्। जसमा ८ लाख १४ हजार ल्यान्डलाइन प्रयोगकर्ता छन्।

त्यस्तै एनसेलका जीएसएम प्रयोगकर्ता मात्रै १ करोड ६८ लाख छन्।

स्मार्ट सेलका २३ लाख ७५ हजार मात्रै ग्राहक छन्।

टेलिफोन प्रयोगकर्तामा नेपाल टेलिकमको ५३.९८ प्रतिशत हिस्सा छ भने एनसेलको ४०.३२ प्रतिशत छ। स्मार्ट सेलले ५.६९ प्रतिशत बजार हिस्सा लिएको छ।

ब्रोडब्यान्ड प्रयोगकर्ता पनि जनसंख्याभन्दा बढी नै छन्। एउटै ग्राहकले दुईभन्दा बढी सिम प्रयोग गर्दा प्रयोगकर्ता जनसंख्याभन्दा बढी भएका हुन्। ब्रोडब्यान्डमा एडीएसएल, केबल÷एफटीटीएच, वाई म्याक्स, वाईफाई, थ्रिजी, फोरजी प्रयोगकर्ता छन्।

प्रयोगकर्तामध्ये १ करोड १३ लाख थ्रिजी प्रयोगकर्ता रहेका छन् भने १ करोड ८४ लाख फोरजी प्रयोगकर्ता छन्। नेपाल दूरसञ्चार कम्पनीका २ करोड १० लाख, एनसेलका ८८ लाख ५२ हजार र स्मार्टसेलका १ लाख ५२ हजार ब्रोडब्यान्ड प्रयोगकर्ता छन्।

इन्टरनेट प्रयोगकर्ता कुन कम्पनीका कति?
इन्टरनेट प्रयोगकर्तामा सबैभन्दा धेरै वर्ल्डलिंकका छन्। उक्त कम्पनीका ६ लाख ४५ हजार प्रयोगकर्ता छन्।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका २ लाख ९८ हजार छन् भने भायानेटको २ करोड २५ लाख प्रयोगकर्ता छन्। सुबिसु केबल नेटका २ लाख ३२ हजार ग्राहक छन्।

त्यस्तै क्लासिकटेक प्रा.लिका २ लाख ३० हजार र सीजी कम्युनिकेसनका २२ हजार ग्राहक छन्।

यता डिशमिडिया नेटवर्कका पनि १ लाख ७ हजार ग्राहक छन्। वेब सर्फर नेपाल कम्युनिकसेनका ६१ हजार, टेकमाइन्ड्सको १ लाख २ हजार, ब्रोडलिंक नेटवर्कका ५२ हजार छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here