इबोलाको प्रकोपपछि युगान्डाका दुई जिल्लामा तीन हप्ता लामो लकडाउन लागू गरिएको छ ।
मुबेन्डे र छिमेकी कासान्डामा बार, नाइटक्लब, प्रार्थना स्थल र मनोरञ्जनका स्थलहरु बन्द गरिनेछन् भने कर्फ्यू समेत लागू गरिने बताइएको छ । युगान्डाका राष्ट्रपति युवेरी मुसेभेनीले यसअघि लकडाउन लागू नगरिने बताउँदै आए पनि आफ्नो निर्णयबाट पछि हटेका छन् । पछिल्लो प्रकोपमा ५८ जना सङ्क्रमित हुनुका साथै १९ जनाको मृत्यु भइसकेको छ ।
यो सङ्ख्या अझै धेरै हुनसक्ने बताइएको छ । पछिल्लो पटकको प्रकोप सबैभन्दा पहिले राजधानी काम्पालाबाट ८० किलोमिटर टाढा रहेको मुबेन्डेमा देखिएको थियो । त्यही क्षेत्र यतिबेला प्रकोपको केन्द्रबिन्दु बनेको छ ।

















