‘आइमा इ-स्कुटर’ जित्ने अफर

58

काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्तालाई एक सय रुपैयाँको टपअप गरी ‘आइमा इ-स्कुटर’ जित्ने अफर ल्याएको छ।  अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर सेक्सन्’ मा गएर ‘खल्तीमा आइमा इ-स्कुटर’ आइकनबाट एक सय रुपैयाँको रिचार्ज/टपअप गर्नुपर्ने छ।

आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्ने खल्ती जनाएको छ।  सहभागीमध्ये अफरको अन्त्यमा एक जना विजेताले ‘आइमा इ-स्कुटर’ प्राप्त गर्नेछन्।  अफरमा सहभागी हुन केवाइसी भेरिफाइड अनिवार्यरूपमा गर्नुपर्नेछ। केवाइसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केवाइसी भेरिफाइ गराएर अफरमा सहभागी हुन सक्नेछन्।

यो अफर कार्तिक २४ गतेदेखि पौष १६ गतेसम्म लागू हुनेछ। अफर समाप्त भएको सात दिनभित्र खल्तीको फेसबुक पेजमा फेसबुक लाइभमार्फत् लक्की ड्र गरी ‘खल्ती आइमा इ-स्कुटर’ को विजेता घोषणा गरिनेछ।  साथै हरेक हप्ता एक जना प्रयोगकर्ताले आइमाको तर्फबाट पुरस्कार जित्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here