पहिलो हाफमा अर्जेन्टिना १–० गोलले अगाडि

51

एजेन्सी । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले पहिलो हाफमा साउदी अरबविरुद्ध १–० गोलको अग्रता लिएको छ । लुसेल आइकोनिक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गर्नुभयो ।

मेस्सीले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको हो । लौटारो मार्टिनेजलाई डिबक्स भित्र विपक्षी रक्षकले फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई मेस्सीले सही सदुपयोग गर्नुभयो ।

अर्जेन्टिनाले ६३ प्रतिशत बल पोसेसन राखेपनि थप गोल गर्न सकेन । पहिलो हाफमै अर्जेन्टिनाको थप तीनवटा गोल अफ साइड भएको थियो । कतार विश्वकपको समूह ‘सी’ मा अर्जेन्टिना, एसियाली देश साउदी अरबसहित मेक्सिको र पोल्यान्ड रहेका छन् । पहिलो हाफमा साउदी अरवको एउटा प्रहार बाहिरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here