धनुषा । धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी जुली कुमारी महतो ९महासेठ० २ हजार ३७१ मतले अघि छन्।
एमालेकी पोलिटब्युरो सदस्यसमेत रहेकी उनले हालसम्म १२ हजार ३८४ मत ल्याएकी छन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिल कुमार झाले पछ्याईरहेका छन्। झाले १० हजार १ मत ल्याएका छन्। त्यसैगरी, जनमत पार्टीका शम्भूनाथ साहले ३ हजार १३७ मत ल्याएका छन्।
धनुषा (३ मा हालसम्म जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १५, २०, नगराइन नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म र धनौजी गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मको गणना सम्पन्न भएको छ।