नेपालमा पनि फिल्म ‘अवतार २’ पुस १ गते रिलिज हुँदै

144

काठमाडौं । विश्वकै ठूलो फिल्म बजार चीनले बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’लाई प्रदर्शनको अनुमति दिएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी स्टुडियोले चिनियाँ सामाजिक संजाल वेइबोमार्फत यसबारे जानकारी दिएको हो ।

‘अवतार २’ सँगै अर्को हलिउड फिल्म ‘मिनिओस’ सिक्वेल र सोनीको ‘ह्वेयर द क्रडास सिंग’ले चीनको मेनल्यान्डमा प्रदर्शन अनुमति पाएका छन् ।

यसैबीच, भारतमा फिल्मको अग्रिम टिकट विक्री सुरु भएको छ  । नेपालमा पनि फिल्म पुस १ गते रिलिज हुँदैछ ।

सन् २००९ मा अवतारको पहिलो श्रृंखला रिलिज भएको थियो । प्रदर्शनको १३ वर्षपछि दर्शकमा दोस्रो श्रृंखलालाई लिएर व्यापक उत्साह छ । निर्देशक जेम्स क्यामरुनले ‘अवतार २’लाई संसारकै महंगोमध्येको एक फिल्म बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here