प्रचण्ड र भारतीय राजदूतबीच भेटवार्ता

78

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। शनिबार प्रचण्ड निवास खुमलटारमा दुईबीच छलफल भएको हो।

‘भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गर्नुभएको हो,’ प्रचण्ड निकट नेताले अन्नपूर्णसँग भने। प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो।

प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here