रातारात देशको जनसंख्या दोब्बर भएकाे पपुवा न्यू गिनी

65

काठमाडौं । आधिकारिक रूपमा पपुवा न्यू गिनीको जनसंख्या ९० लाख ४० हजार छ। तर हालै संयुक्त राष्ट्र संघ (यूएन) को एक अध्ययनले यो जनसंख्याको बारेमा चकित पार्ने खुलासा गरेको छ। प्रतिवेदनमा देशको जनसङ्ख्या झण्डै दोब्बर भएको उल्लेख गरिएको छ, जसलाई त्यहाँको सरकारले दबाउन खोजेको छ ।

संयुक्त राष्ट्रसंघको अध्ययनले पपुवा न्यू गिनीको हालको जनसंख्या १ करोड ७० लाख रहेको अनुमान गरेको छ जुन हालको जनसंख्याको दोब्बर हो।

यस दक्षिणपूर्वी एसियाली देशमा २०२१ मा जनगणना हुनुपर्ने थियो, तर कोभिड–१९ महामारीका कारण २०२४ मा सारिएको थियो। यस्तो अवस्थामा, संयुक्त राष्ट्रले पपुवा न्यू गिनीको जनसंख्या पत्ता लगाउन स्याटेलाइट इमेजिङ, घर डेटा र सर्वेक्षणहरू प्रयोग गर्यो।

राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले देशको कुल जनसङ्ख्या एक करोड ७० लाख हुनसक्ने अनुमान रेको छ जसलाई अहिलेसम्म करिब ९४ लाख भएको मान्दै आइएको थियो ।

प्रतिवेदन बाहिर आएपछि पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारापेले उक्त देशमा कति मानिस बस्दै आएका छन् भन्ने कुरा आफूलाई थाहा नभएको स्वीकार गर्नुपरेको थियो । तर, उनले १७ मिलियन जनसंख्या भएको राष्ट्रसंघको दाबीलाई अति उच्च भन्दै खारेज गरे ।

जेम्स मार्पेले अष्ट्रेलियाली पत्रिकालाई भने- ‘देशको जनसङ्ख्या १७ मिलियन होस् वा १३ मिलियन होस् वा १० मिलियन होस्, तथ्य यो हो कि मेरो देशको अर्थतन्त्र यति सानो छ कि सबैलाई सुविधा दिन गाह्रो छ । यहाँ कामको उपलब्धता निकै कम छ, स्रोतसाधन पनि छैन । तर, मेरो प्राथमिकता राम्रो स्वास्थ्य सेवा, पूर्वाधार निर्माण र शान्ति सुरक्षाको वातावरण सिर्जना गर्ने हो ।’

पपुवा न्यू गिनी संसारको सबैभन्दा खतरनाक र हिंसात्मक राष्ट्रहरू मध्ये एक हो, जसको ठूलो क्षेत्र आदिवासी गिरोहहरूले शासन गर्दछन् । यो पनि विश्वको गरिब देश मध्ये एक हो। यो सुडान र सेनेगल जस्ता देशहरूसँग तुलना गरिन्छ, जहाँ मानिसहरूको अवस्था अत्यन्तै खराब छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here