नेपाली पत्रकारितामाथि जनताको दृष्टिकोण !

114

-प्रकाश कुमार साह
पत्रकारिता त्यस्तो पेशा हो जसले राष्ट्र, राज्यको बाह्य-आन्तरिक सूचना जनताबाट सरकार लगायत लोकतान्त्रिक धारका सम्पूर्ण पक्षहरुलाई राष्ट्रको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डतामाथि कुनै असर नपर्ने गरी पारदर्शी रुपले सुशासन, अर्थव्यवस्था र लोकतान्त्रिक कानुनी सर्वोच्चतालाई मध्यनजर गरी जनतासम्म पु¥याउने समग्र कलाहरुको एक रसादार, फुर्तिलो तथा वैचारिक पेशा हो ।

पत्रकारिता गर्ने व्यक्ति भाषिक, सांस्कृतिक र ऐतिहासिक लगायत समाजको सम्पूर्ण पक्षको बारेमा जानकारी बोकी राष्ट्र उत्थानको प्रमुख हिस्सेदारको रुपमा देख्न सकिन्छ । नेपालको सन्दर्भमा पत्रकारिताले खास आफ्नो अर्थ, परिभाषालाई नहेरी व्यवसायिक, पेशागत आचार संहितालाई नबोकी धेरै कुरा गर्ने, तथ्यगत कुरा भन्दा आफ्नो जाति, धर्म तथा पैसाको आडमा राष्ट्रको कुनै वास्ता नगरी जुनसुकै राजनैतिक प्रणाली, शासनलाई गलत व्याख्याबाट बिना सिद्धान्त, आदर्श र वैचारिक रुपले मन्थन नगरी बनाएको किनबेच जस्तो कुरा तथा नाफोन्मुख व्यवसायिकतालाई जोड दिएको पाइन्छ ।

हालै छिमेकी देश भारतका पत्रकार रविश कुमारले राजीनामा आफू कार्यरत न्यूज चैनलबाट दिँदा मुलुक नै दुई बराबर पक्ष र विपक्ष भएको देखिदा नेपालमा पत्रकारिताको खास अध्ययन, अनुसन्धान नभई पञ्चभुत, पञ्चकर्म, पाँच ज्ञानेन्द्रित-कर्मेन्द्रियलाई एक आपसमा मिलेमतो नगरी, वास्तविक घटना, तथ्य राष्ट्र र राज्यको मूल मर्म, भावमा र तर्कसँग मेलो नराखी पैसा र पावरको आडमा सत्यलाई पनि असत्य, असत्यलाई सत्य मानेर छेपारो जस्तो पीतपत्रकारिता गर्नेहरु नेपाली जगतमा अनुमानित रुपले ८८ प्रतिशत देख्न, सुन्न र बुझ्न पाइन्छ । यसर्थ लोकतन्त्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतलाई स–सम्मान, चारित्रिक तथा नैतिक पेशाको रुपमा अपनाउन गाह्रो छ ।

नैतिक रुपले पक्ष-विपक्ष नभई तटस्थताको स्थितिलाई कायम राख्न राष्ट्रिय रुपमा चर्चित पत्रकार पत्रिका सम्पादक र अनलाइन मिडियाहरुलाई सकस परेको कुरा देख्न सकिन्छ । नेपाली पत्रकारितालाई अध्ययन र अनुसन्धान गरेका व्यक्ति विद्वान्हरु भन्दा राजनैतिक आग्रह, पूर्वाग्रहमा सीमित रहन सक्ने व्यक्तिहरुको चहलपहलले पत्रकारिता क्षेत्र नै नेपालमा धमिलो पर्दै आएको देखिन्छ । यस सन्दर्भमा नेपालको शिक्षा क्षेत्रले पूर्वीय सभ्यता, सनातनका पक्षलाई समेट्नु भन्दा पश्चिमी मूल्य–मान्यताहरु ग्रहण गरेको हुँदा सोलाई राज्य, राष्ट्रको स्वामित्व, स्वाभिमान अखण्डतामाथि भइरहेको प्रहार लगायत कुरुप राजनैतिक चरित्र, अपारदर्शी तथा बाह्य देशहरुको हस्तक्षेप, अकर्मण्यता नेपालमा दिनानुदिन बढ्दै गएको पाइन्छ ।

नेपाली संस्कृति, हिमवत खण्डमा नेपालको अस्तित्व, नेपालीहरुबीचको सद्भाव र सौहार्दता कार्यमुखी नभई कुरामुखी भएको बुझिन्छ । कार्यमुखी विकासभन्दा कुरामुखी संरचनाको विकास नेपाली जगतमा प्रसिद्धि पाएको बुझिन्छ । एशियाको तारा, विश्वको सर्वोच्च शिखर, इतिहासका बिजेता र अनेकतामा एकताको सन्देश बोकेको मुलुक बाह्य खुल्ला सीमानाहरु भएता पनि निर्यातभन्दा अयातनमा बढी भर पर्ने, बिलासी जीवनको खोजीका विचार शून्यको अवस्थामा लोकतन्त्रको मुख मानिने निर्वाचन पद्धतिलाई बहुलवादको आचारण भन्दा बाहिर जातीय, वर्गीय रुपले विज्ञापन गर्नु लोकतन्त्र माथिको हस्तक्षेप भएको हुँदा नेपाल पनि एक लोकतान्त्रिक मुलुक भएकोले सो माथि प्रहार भएको बुझ्न सकिन्छ ।

यसर्थ नेपाली पत्रकारिता जगतले आफ्नो आचारसंहिता, पेशागत दक्षता, नैतिक मूल्य मान्यतालाई अवलम्बन गरी नेपालको सार्वभौमसत्ता लेखाई, बोलाईको प्रस्तुतीकरणमा ल्याउन पत्रकारिताको क्षेत्रमा संलग्न युनियन, संघ तथा समूहहरुलाई नेपालको नागरिक हेतु आगमन, अनुगमन बढाउनको लागि आग्रह गरिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here