लागूऔषध खैरो हेरोईन जस्ताे देखिने पर्दाथ सहित पक्राउ

21

सिन्धुली । कमलामाई नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ८ मिलिग्रामको साथै नगद ३८ हजार रूपैयाँ र मोबाइल २ थान सहित काठमाडौं कीर्तिपुर नगरपालिका-१० बस्ने ३७ वर्षीय नरेश श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५०६० नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार श्रेष्ठलाई उक्त लागूऔषध, नगद र मोबाइल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here