स्रोत नखुलेको रकम सहित पक्राउ

57

मोरङ ।  विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकल सहित सोही महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here