भागवण्डालाई पूर्णता दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

31

काठमाडौं । मन्त्रालयको भागवण्डालाई पूर्णता दिन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । बैठक साँझ ५ बजे बस्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

सोमबार मन्त्रालयको भागवण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब पाँच घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो । उक्त छलफलले सभामुख, उपसभामुखसहित मन्त्रालयको भागवण्डा मिलाइसकेको छ । सोही संवाद र सहमतिको आधारमा बैठक बोलाइएको उनले जानकारी दिए ।

“उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । त्यसैले सबै आवश्यक निर्णय गर्छ सबै टुंगो लगाउने छ,” उनले भने ।

एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारूढ दलका अध्यक्षहरु सदस्य छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here