कांग्रेसबाट उपसभामुखमा मुक्ता यादवकाे उम्मेदवारी

28

६ माघ, काठमाडौैं ।  नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यादवलाई उप सभामुखको उम्मेदवार बनाउन लागिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार विहान बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो ।

धनुषाकी यादव समानुपातिक सांसद हुन् । १४ औं महाधिवेशनमा यादवले केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएकी थिइन् ।

संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ।  उपसभामुखको चुनाव भोलि हुँदैछ ।

यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्‍यौपानेलाई उम्‍मेदवार बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here