पाकिस्तान आर्थिक रूपमा बर्बाद हुने स्थितिमा

76

एजेन्सी ।  पाकिस्तान आर्थिक रूपमा बर्बाद हुने स्थितिमा आइपुगेको छ ।

बिहीवार त्यहाँको रुपैयाँ अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै सबभन्दा तल्लो स्तरमा झरेको छ । दिउँसोसम्ममा एक अमेरिकी डलरका लागि २५५ पाकिस्तानी रुपैयाँ तिर्नुपर्ने भएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तान सरकारलाई मुद्रामा नियन्त्रण समाप्त गर्न भनेकाले यो स्थिति आएको बताइन्छ । कोषले बजारका शक्तिहरूलाई मुद्रादर निर्धारित गर्न भनेको छ । बजारले मुद्रा दर निर्धारित गर्नुपर्ने शर्तलाई पाकिस्तानले सजिलै मानेको बताइएको छ । कोषबाट ६.५ अर्ब डलरको फन्डिङ पाउनका लागि पाकिस्तानले यो निर्णय लिएको बताइन्छ ।

पाकिस्तानले पोहोर साल कोषबाट बेलआउट पाएको थियो । तर त्यसले पनि उसको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउन सकेको थिएन । अहिले पाकिस्तानमा खाद्यान्नको मूल्य आकासिएको छ । गहुँको पीठोको एक प्याकेटलाई ३ हजार रुपैयाँ तिर्नुपर्ने स्थिति छ ।

अनि वर्कशपहरू बन्द भएकाले बेरोजगारी बढेको छ । बारम्बार बिजुली जाने गरेकाले देशमा अन्धकारको स्थिति छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here