भारतको एक कोइला खानीमा सात जनाको मृत्यु

25

काठमाडौं । भारतको मध्यप्रदेश स्थित अनुपपुर जिल्लाको एक कोइला खानीमा सात जनाको मृत्यु भएको छ।

घटना २६ जनवरीको हो। धनपुरी क्षेत्रका गरिब परिवारका यी मानिसहरु बन्द रहेको कोइला खानीमा कवाडी र कोइला निकाल्नका लागि गएका थिए।

साउथ इस्टर्न कोलफिल्ड लिमिटेडको बन्द कोइला खानीमा हानिकारक ग्यास भरिएको छ। उनीहरु भित्र छिर्नेबित्तिकै श्वास प्रश्वासमा समस्या भएको र भित्रै बेहोस भएको बताइएको छ।

घटनाबारे प्रहरीलाई खबर गरे पनि प्रहरी घटनास्थल पुग्दासम्म सात जनाको मृत्यु भइसकेको थियो। अहिले सातै जनाको शव निकालिएको छ।

जिल्लाका एसपी कुमार प्रतिकका अनुसार खानीलाई मजबुद तरिकाले बन्द गरिएको थिएन। सोही कारण कम्पनीको लापरबाहीका कारण ज्यान गएको भन्दै एसईसीएल प्रबन्धनविरुद्ध मुद्दा दायर गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here