विश्वको शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल

53

काठमाडाैं ।विश्वको शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल देखिएको छ ।

लामो समयदेखि विश्वका शीर्ष १० अर्बपतिको सूचीमा संलग्न भारतीय उद्योगपति गौतम अडानी र मुकेश अंबानी अहिले यो सूचीबाट बाहिरिएका छन् ।

अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि अडानी समूहका कम्पनीको सेयरमा आएको सुनामीका कारण उनीहरुको कुल सम्पत्ति ८४ अर्ब ४० करोडमा झरेको छ ।

गौतम अडानीको नेतृत्वमा रहेका कम्पनीको सेयरमा तीव्र गिरावट आएको छ साथै उनको नेटवर्थमा यसको प्रभाव यस्तो परेको छ कि एक सातामै उनी धनीको सूचीबाट बाहिरिएका छन् ।

हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएको एक साता मात्रै भयो । रिपोर्ट बाहिर आएपछि गौतम अडानीको नेटवर्थ अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट आएको छ। रिर्पोटअनुसार गौतम अडानीको सम्पति ८४.४ अर्ब डलर मा झरेको छ । उनी यति नेटवर्थको साथ अहिले ११ औं धनी व्यक्तिको सूचीमा पुगेका छन् ।

त्यस्तै मुकेश अंबानी १२ औं धनी व्यक्तिको सूचीमा छन् । उनको सम्पति ८२.२ अर्ब डलरमा झरेको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here