प्रम प्रचण्ड, ओली र लिङ्देनबीच भेटवार्ता

100

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । भेटवार्ताको क्रममा आसन्न फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल भएको स्रोतले बतायो । त्यस्तै खारेज भएको नागरिकता दुरुपयोग गरि सांसद र गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतले बदर गरेसँगै गृह मन्त्रालय रिक्त रहेको छ ।

उक्त मन्त्रालयको रिक्त मन्त्री पदपूर्तिका लागि पुनः रविलाई नै सिफारिस गर्न अध्यक्षद्वय ओली र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको स्रोत बताउँछ । गठबन्धन सरकार गठनको समयमा भएको सहमति अनुसार एमाले र माओवादी केन्द्रबीच एमालेलाई सभामुख, राष्ट्रपति र माओवादीलाई प्रधानमन्त्री दिने सहमति भएको थियो भने रास्वपालाई गृह, शिक्षा, स्वास्थ्य लगायतका मन्त्रालय दिने सहमति भएको थियो । तथापि अहिले माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान राख्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here