काठमाडौं । नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण थालेको छ ।
सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्युन भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्युन रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ । २६०० मेगाहर्ज ब्याण्ड अन्तरगत टेलिकमले फाइभजी सेवाको थालनी भएको हो । परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सार्वसाधाराणका लागि सेवा उपलब्ध गराएइने कम्पनीका एक अधिकारीले बताए ।