पठान चलचित्र सबैभन्दा बढी रकम संकलन गरेर नयाँ रेकर्ड कायम

68

मुम्बई। शाहरुख खान अभिनित पठानले १०३६ करोड संकलन गरेको छ। गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर कीर्तिमान कायम गरेको छ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली-२ र केएफजी-२ ले बनाएको हजार करोड भन्दा माथिको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर कीर्तिमान कायम गरेको हो।

सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ। बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ।

दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानको किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here