६२ आंगिकमध्ये ३९ मा मात्रै निर्वाचन हुने

34

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत २१ आंगिक क्याम्पसमा आज हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । ६२ आंगिकमध्ये ३९ मा मात्रै निर्वाचन हुने


भएको छ । बाँकी २ वटा क्याम्पसमा निर्विरोध भइसकेको छ ।

विद्यार्थी संगठनबीच सहमति नहुँदा र विवादको कारण क्याम्पसमा विद्यार्थी संगठनले ताला माथि ताला लगाउँदा ती क्याम्पसमा निर्वाचन स्थगित भएको हो । स्थगित भएका क्याम्पसमध्ये काठमाडौं उपत्यकाको ७ र उपत्यका बाहिर १४ आंगिक क्याम्पस छन् ।

उपत्यकाका विश्वभाषा, त्रिचन्द्र, रत्नराज्य, पाटन संयुक्त, केन्द्रीय आयुर्वेद, मीनभवन र अस्कल क्याम्पसको मतदान स्थगित भएको छ । उपत्यका बाहिर ठाकुरराम वीरगन्ज, सिद्धनाथ महेन्द्रनगर, धौलागिरि वाग्लुङ, पृथ्वीनारायण पोखरा, वन क्याम्पस पोखरा, पोखरा नर्सिङ, पश्चिमाञ्चल इन्जिनियरिङ, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवन इन्जिनियरिङ रामपुर, त्रिभुवन पाल्पा, धवलागिरि वाग्लुङ, विराटनगर नर्सिङ, महेन्द्र मोरङ विराटनगर र महेन्द्र क्याम्पस दाङ छन् । स्थगित भएकामध्ये पोखरामा मात्रै चारवटा रहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here