सामसङले एडभान्स्ड ग्राफिक रेन्डरिङ प्रणाली प्रयोग गर्ने

57

सामसङले मोबाइलको डिस्प्लेलाई थप राम्रो बनाउनका लागि काम गरिरहेको छ । सामसङले यसका लागि एडभान्स्ड ग्राफिक रेन्डरिङ प्रणाली प्रयोग गर्ने भएको छ ।

योसँगै सामसङले मोबाइल गेम र ग्राफिकल इन्जिन डेभलपरसँग पनि सहकार्य गर्ने योजना राखेको छ । सामसंगले आफ्नो मोबाइलहरुमा रे ट्रेस डिस्प्ले समेत लिएर आउने भएको छ, जुन भिडियो गेमको फरम्याटमा बढि चर्चित रहेको छ । डिस्प्लेमा स्याडोको फिचर पनि हुनेछ ।

यस प्रविधिले मोबाइल गेमिङमा पनि थप सहयोग पुर्‍याउने छ । सामसङले अहिलेसम्म नभएको डिस्प्ले स्टाइल आफ्नो फोनमा ल्याउन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here