एएफसी २० महिला एशिया कप दोश्रो चरणको छनौटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

28

काठमाडौं । एएफसी अण्डर २० महिला एशिया कप दोश्रो चराणको छनौटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक याम गुरुङ्गले ३२ सदस्यीय प्रारम्भिक टोली घोषाणा गरेका हुन् । दोश्रो चरणको छनौटका लागि नेपालको बन्द प्रशिक्षण चैत्र २१ गतेबाट शुरु हुने एन्फाले जनाएको छ ।

नेपाल एएफसी अण्डर २० महिला एशिया कप दोश्रो चराणको छनौटका लागि समूह ‘बी’ मा परेको छ । दोश्रो चरणको छनौटका लागि समूह ‘बी’ मा नेपालसँगै पीआर, म्यानमार र चाइनिज ताइपे रहेको छ । यस्तै समूह ‘ए’मा अष्ट्रेलिया, भियतनाम, लेबनान र इरान परेको छ।

दुई साताअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनौटको दुवै खेल जित्दै नेपालले दोश्रो चरणको छनौटमा आफ्नो स्थान पक्क गरेको थियो ।

पहिलो चरणको छनौटको पहिलो खेलमा प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराएको नेपालले दोश्रो खेलमा आइल्याण्डलाई ६–० गोलको अन्तरले हराएको थियो ।

पहिलो चरणको छनौटमा पनि समूह ‘बी’ मै परहेको नेपाल २ खेलमा ६ अंक समूहको शिर्ष स्थानमा रहँदै दोश्रो चरणमा पुगेको थियो ।

दोश्रो चरणका छनौट खेलहरु जुन ३ देखि ११ सम्म हुनेछ । उक्त चरणबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने एएफसी अण्डर २० महिला एशियन कपमा स्थान बनाउनेछ । १६ टोलीले प्रतिस्पर्धा गर्ने एएफसी अण्डर २० महिला एशियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ ।

नेपालको प्रारम्भिक टोलीः

गोलकिपरः कविता विक, सुजाता तामाङ, लिला जोशी, सावित्री किसान, पूजा थापा

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, सुस्मा जीटी, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मचामासी, सरस्वती हमाल, हिमा रावत, मनिषा सेन, दीपा शाही, बिर्सना चौधरी

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान, सेनु परियार, वर्षा ओली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here